म कसरी भनूँ यो माया हो
न तिमी मेरी न म तिम्रो
बरु भनिदेऊ यो सपना हो
जो तिम्रो हो अनि मेरो
म कसरी भनूँ
यति नगिच भएर पनि हामी टाढा नै हुनु पर्छ
एकै नदी भएतापनि हामी दुइटा किनार हुनु पर्छ
म कसरी भनूँ यो मिलन हो
न तिमी मेरी न म तिम्रो
बरु भनिदेऊ यो सपना हो
जो तिम्रो हो अनि मेरो
म कसरी भनूँ
तिम्रो मन मैले जितेर पनि आफैँसित म हार्नु पर्छ
कविला, कोमल, प्रीति कोपिला फुल्नुअघि नै मार्नु पर्छ
म कसरी भनूँ यो सङ्गम हो
न तिमी मेरी न म तिम्रो
शब्द/सङ्गीतः गोपाल योञ्जन
स्वरः गोपाल योञ्जन