म जिउँछु त जिउनलाई तिमीबिना जिउँछु
म जिउँछु त जिउनलाई तिमीबिना जिउँछु
मलाई रहर छैन तर करले जिउँछु
मलाई रहर छैन तर करले जिउँछु
म जिउँछु त जिउनलाई तिमीबिना जिउँछु
तिमी भन्ने गर्थ्यौ तेरो मोल छैन
तिमी भन्ने गर्थ्यौ तेरो मोल छैन
तर मलाई थाह छ कसैको मोल छैन
तर मलाई थाह छ कसैको मोल छैन
म जिउँछु त जिउनलाई तिमीबिना जिउँछु
साउनको भेललाई मैले बाँधी ल्याएँ
साउनको भेललाई मैले बाँधी ल्याएँ
कति मोह ममतालाई छातीभित्रै राखेँ
कति मोह ममतालाई छातीभित्रै राखेँ
म जिउँछु त जिउनलाई तिमीबिना जिउँछु
म जिउँछु त जिउनलाई तिमीबिना जिउँछु
शब्द/सङ्गीतः मान सिंह मोक्तान
स्वरः अरूणा लामा