म हुँ शराबी दिलकै नशा भो
यो रङ्ग कहिले छुटेन
यो रङ्ग कहिले छुटेन
तिमीसँग प्रीति गाँसूँला भन्ने
यो धोको कहिले पुगेन
यो धोको कहिले पुगेन
मनको कुराहरू मनमा रहिगो
भन्न कहिले सकिनँ
मनको कुराहरू मनमा रहिगो
भन्न कहिले सकिनँ
दिलको यो दाग दिलमै बसिगो
दिलको यो दाग दिलमै बसिगो
धोएर जाँदै गएन
धोएर जाँदै गएन
म हुँ शराबी दिलकै नशा भो
यो रङ्ग कहिले छुटेन
यो रङ्ग कहिले छुटेन
आँखाभरि भरि प्रित रहिगो
सम्झने कोही थिएन
आँखाभरि भरि प्रित रहिगो
सम्झने कोही थिएन
पिउँदा पिउँदै डुब्ने नशामा
पिउँदा पिउँदै डुब्ने नशामा
जसको किनारै थिएन
जसको किनारै थिएन
तिमीसँग प्रीति गाँसूँला भन्ने
यो धोको कहिले पुगेन
यो धोको कहिले पुगेन
म हुँ शराबी दिलकै नशा भो
यो रङ्ग कहिले छुटेन
यो रङ्ग कहिले छुटेन
शब्दः ए.के. बिकल
सङ्गीत/स्वरः पन्नाकाजी