म दुर भएर के भो
अभिशाप छाएर के भो
यति रोएँ जिन्दगीमा
कि फेरि रोएर के भो
जति भावना छन् सबै रित्ता छन् यति रित्त
ती जागरणका जम्मै उत्साह छन् रित्ता रित्ता
तिम्रो साथ छुटेर के भो
नयाँ हात पाएर के भो
यति खोज्छु सम्झनालाई
कि बिर्सिएर के भो
म दुर भएर के भो
आफ्नै यी धड्कनहरू भिन्न छन् यति भिन्न
बद्लेछु म स्वयम् नै लाचार छु स्वयम् चिन्न
म उदास भएर के भो
म खुशी भएर के भो
यति बिरान जिन्दगी छ
कि बिरानी आएर के भो
म दुर भएर के भो
शब्द/संगीत/स्वरः अम्बर गुरूङ