म चुपचाप कतै कहानी भएँ
धमिलो धमिलो बिहानी भएँ
मसी हैन साथी आँशुले लेखेँ
यस्तै यस्तै कथा मेरो
मैले जे भोगेँ
मैले जे भोगेँ
स्कुलतिर जाने बाटा अन्तै कतै लागे
किताबका पानाबाट अक्षर आफैँ भागे
हुर्किँदैथ्यो
हुर्किँदैथ्यो एउटा मान्छे आफ्नै घरले चेप्यो
सपनाको एउटा तारा आँखैअघि खस्यो बरिलै
कसैलाई गोडा लुट्यो, कसैले बोली
आजै यति अँध्यारो छ कस्तो होला भोलि
उड्न खोज्थ्यो
उड्न खोज्थ्यो एउटा चरा पासोभित्र पऱ्यो
सपनाको एउटा तारा आँखैअघि खस्यो बरिलै
शब्दः
सङ्गीतः
स्वरः फत्तेमान राजभण्डारी