म अचानक नै अडेँ
म अचानक नै अडेँ
फूल पनि तर्सिदियो
पछि हेरेँ भुल थियो
भुल पनि झर्किदियो
म अचानक नै अडेँ
हिजै त हो मेरो ओठ फूलको थुँगा जस्तो थियो
हिजै त हो मेरो ओठ फूलको थुँगा जस्तो थियो
उसले भन्थ्यो यो आँखामा मदिराको प्याला थियो
उसले भन्थ्यो यो आँखामा मदिराको प्याला थियो
मदिराको प्याला थियो
म अन्जानमै रुकेँ
म अन्जानमै रुकेँ धर्तीलाई भार भयो
अघि हेरेँ प्रीति थियो जोवन तर झरिदियो
म अचानक नै अडेँ
टोल्दा टोल्दै विरानीमा सबले सोध्छ किन आयो
टोल्दा टोल्दै विरानीमा सबले सोध्छ किन आयो
सुखको साँझमा के भनेर विरहको गीत गायो
सुखको साँझमा के भनेर विरहको गीत गायो
विरहको गीत गायो
म अनायश नै रुकेँ
म अनायश नै रुकेँ साँझ पनि मन्द भयो
अघि हेरेँ गाउँ नै थियो आवाज तर बन्द भयो
म अचानक नै अडेँ फूल पनि तर्सिदियो
पछि हेरेँ भुल थियो भुल पनि झर्किदियो
म अचानक नै अडेँ
शब्दः अम्बर गुरूङ
संगीत/स्वरः शान्ति ठटाल