म आँखैमा राखिने योग्य कहाँ छु
मलाई सम्झि चिच्याउने योग्य कहाँ छु
म भुल हुँ, सुधारिने योग्य कहाँ छु
म आँखैमा राखिने योग्य कहाँ छु
कुनै दिन जब म सबैलाई रिझाएँ
त्यहीँ म किन आज सबलाई बिझाएँ
म मान्छे हुँ, मान्छेलाई माया चाहिन्छ
मेरो जीवनलाई पनि साथी चाहिन्छ
तर साथी बन्ने म योग्य कहाँ छु
कसैको माया पाउने योग्य कहाँ छु
म भुल हुँ, सुधारिने योग्य कहाँ छु
म आँखैमा राखिने योग्य कहाँ छु
उदास मेरो मुहारमा मुस्कान जचेन
ऐनामा म हाँस्दा आफैलाई चिनिनँ
दुःखको उदाहरण मेरै जीवन होइन
खुशीमा के मेरो अधिकार नै छैन?
यि प्रश्न उठाउने म योग्य कहाँ छु
कसैको माया पाउने योग्य कहाँ छु
म भुल हुँ, सुधारिने योग्य कहाँ छु
म आँखैमा राखिने योग्य कहाँ छु
शब्द/सङ्गीतः शरण प्रधान
स्वरः अरूणा लामा