लुकूँ लुकूँ लाग्यो मलाई…..

लुकूँ लुकूँ लाग्यो मलाई बादलजस्तो त्यो कालो केशमा
लौ नाचूँ नाचूँ लाग्यो मलाई पिरतीको रङ्गीन देशमा
लुकूँ लुकूँ लाग्यो मलाई बादलजस्तो त्यो कालो केशमा
लौ नाचूँ नाचूँ लाग्यो मलाई पिरतीको रङ्गीन देशमा

सेतो पाना चोखो मन दुवैमा छ तिम्रो गीत
सेतो पाना चोखो मन दुवैमा छ तिम्रो गीत
नीलो आकाश नीलो खोला
नीलो आकाश नीलो खोला जताततै तिम्रो प्रित
झुमूँ झुमूँ लाग्यो मलाई सुवास जस्तो हाम्रो मिलनमा
हाय नाचूँ नाचूँ लाग्यो मलाई पिरतीको रङ्गीन देशमा

फूलभरि तिम्रो सुवास मौसमभरि तिम्रो सुवास
फूलभरि तिम्रो सुवास मौसमभरि तिम्रो सुवास
तनमा छायो मनमा छायो
तनमा छायो मनमा छायो न्यानो न्यानो तिम्रो सास
चुमु चुमु लाग्यो मलाई कुसुमजस्तो तिम्रो बदनमा
लौ नाचूँ नाचूँ लाग्यो मलाई पिरतीको रङ्गीन देशमा

तिम्रो आँखा तिम्रो अधर लाग्छ मलाई मेरो नै हो
तिम्रो आँखा तिम्रो अधर लाग्छ मलाई मेरो नै हो
मेरो आँखा मात्र किन
मेरो आँखा मात्र किन सारा जीवन तिम्रै हो
डुँबू डुँबू लाग्यो मलाई सागरजस्तो तिम्रो नयनमा
हाय नाचूँ नाचूँ लाग्यो मलाई पिरतीको रङ्गीन देशमा
लुकूँ लुकूँ लाग्यो मलाई बादलजस्तो त्यो कालो केशमा
लौ नाचूँ नाचूँ लाग्यो मलाई पिरतीको रङ्गीन देशमा
बादल जस्तो त्यो कालो केशमा
पिरतीको रङ्गीन देशमा

शब्दः किरण खरेल
सङ्गीतः नातिकाजी र गोपाल योञ्जन
स्वरः तारादेवी र नारायण गोपाल
चलचित्रः सिन्दुर

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!