लुकी लुकी आँखा तिमी नजुधाऊ त्यसरी
यो मन त्यसै उडिदिन्छ कर्के नजरले
लुकी लुकी आँखा तिमी नजुधाऊ त्यसरी
यो मन त्यसै उडिदिन्छ कर्के नजरले
हर मौसममा तिमीबिना बिरानो लाग्छ मलाई
कस्तो असर पारिदियौ निठुरी हाँसी हाँसी तिमीले
मेरा जीवनका पाइलाहरूमा
मेरा इच्छा चाहनाहरूमा
तिमीलाई नै पाईरहेछु
लुकी लुकी आँखा तिमी नजुधाऊ त्यसरी
यो मन त्यसै उडिदिन्छ कर्के नजरले
मैले रचेका ति गीतहरूमा संगीत भई छाउनु तिमी
नीरस यो जीवनमा बहार बनि आउनु मायालु तिमी
मेरा जीवनका पाइलाहरूमा
मेरा इच्छा चाहनाहरूमा
तिमीलाई नै पाईरहेछु
लुकी लुकी आँखा तिमी नजुधाऊ त्यसरी
यो मन त्यसै उडिदिन्छ कर्के नजरले
लुकी लुकी आँखा तिमी नजुधाऊ त्यसरी
यो मन त्यसै उडिदिन्छ कर्के नजरले
शब्द/संगीत/स्वरः धिरज राई