लोलाएका ती ठूला तिम्रा दुई नजरले
हेरिदिए मलाई चाहिन्न अर्को केही
लोलाएका ती ठूला तिम्रा दुई नजरले
हेरिदिए मलाई चाहिन्न अर्को केही
लोलाएका ती ठूला
सौभाग्यशाली औँठी तिम्रो त्यो हातको भई
सौभाग्यशाली औँठी तिम्रो त्यो हातको भई
स्पर्श मात्र पाए चाहिन्न अर्को केही
सुन्दर मुहार तिम्रो चन्द्रमा सर्माउने
एकपल्ट देख्न पाए चाहिन्न अर्को केही
लोलाएका ती ठूला
छिनेको त्यो कटिमा जलको घडासरि भई
छिनेको त्यो कटिमा जलको घडासरि भई
टाँसिरहन पाए चाहिन्न अर्को केही
काला घटा भदौका जस्ता ती केश लामा
छायाँ भए मलाई चाहिन्न अर्को केही
लोलाएका ती ठूला तिम्रा दुई नजरले
हेरिदिए मलाई चाहिन्न अर्को केही
लोलाएका ती ठूला
शब्दः म. बि. बि. शाह
संगीतः दिपक जंगम
स्वरः गुलाम अली