लेकाली हे हे चोयाको डोको
सानो माया हे हे लगाउने धोको
नपुग्दै मर्छु पो क्यारे
ए भन सोल्टी बरोबर नढाँटी
ए भन सोल्टी बरोबर नढाँटी
बग्यो खोला बेसी झर्यो सम्मै
तिम्रो माया कलेजीमा टम्मै
बग्यो खोला बेसी झर्यो सम्मै
तिम्रो माया कलेजीमा टम्मै
आँखैमा गाजलु लपक्कै
भन माया लाइदिऊँ कि झपक्कै बैँशैमा
बैँशैमा मर्छु पो क्यारे
ए भन सोल्टी बरोबर नढाँटी
ए भन सोल्टी बरोबर नढाँटी
रातो चोलो पाखुरीमा टिमिक्कै
माया बस्यो आँखैमा झिमिक्कै
रातो चोलो पाखुरीमा टिमिक्कै
माया बस्यो आँखैमा झिमिक्कै
के गोड्नु कर्कलो बारी
पर्ख तिमीलाई रोई रहने नपारी बैँशैमा
बैँशैमा मर्छु पो क्यारे
ए भन सोल्टी बरोबर नढाँटी
ए भन सोल्टी बरोबर नढाँटी
लेकाली हे हे चोयाको डोको
सानो माया हे हे लगाउने धोको
नपुग्दै मर्छु पो क्यारे
ए भन सोल्टी बरोबर नढाँटी
ए भन सोल्टी बरोबर नढाँटी
ए भन सोल्टी बरोबर नढाँटी
ए भन सोल्टी बरोबर नढाँटी
शब्द/संगीतः सुदन शर्मा
स्वरः राम थापा