लेक फुल्यो बेँसी फुल्यो फुल्यो आफ्नै मन
ढकमक्क पालुवाले ढाक्यो पारि वन
ढाक्यो पारि वन
लेक फुल्यो बेँसी फुल्यो फुल्यो आफ्नै मन
ढकमक्क पालुवाले ढाक्यो पारि वन
ढाक्यो पारि वन
हरियाली वनपाखा कलिला ती पात
लुकाउन खोज्छन् मलाई समाई मेरा हात
हरियाली वनपाखा कलिला ती पात
लुकाउन खोज्छन् मलाई समाई मेरा हात
शिखरमा पुगेको छ
शिखरमा पुगेको छ आज मेरो मन
ढकमक्क पालुवाले ढाक्यो पारि वन
ढाक्यो पारि वन
लेक फुल्यो बेँसी फुल्यो फुल्यो आफ्नै मन
ढकमक्क पालुवाले ढाक्यो पारि वन
ढाक्यो पारि वन
डाँफे मुनाल जुरेली र कोयलीको बास
रमाउँदै गाउँछन् ती झरनाको साथ
डाँफे मुनाल जुरेली र कोयलीको बास
रमाउँदै गाउँछन् ती झरनाको साथ
वसन्तमा रमेको छ
वसन्तमा रमेको छ आज मेरो मन
ढकमक्क पालुवाले ढाक्यो पारि वन
ढाक्यो पारि वन
लेक फुल्यो बेँसी फुल्यो फुल्यो आफ्नै मन
ढकमक्क पालुवाले ढाक्यो पारि वन
ढाक्यो पारि वन
ढाक्यो पारि वन
ढाक्यो पारि वन
ढाक्यो पारि वन
ढाक्यो पारि वन
शब्दः रामचन्द्र पुडासैनी
सङ्गीतः शिवशङ्कर
स्वरः मीरा राणा