लाएर माया भुलेर गयौ निर्मोही बनेर
लाएर माया भुलेर गयौ निर्मोही बनेर
चिनारी केही छाडिनौ तिमीले सम्झनु भनेर
लाएर माया भुलेर गयौ निर्मोही बनेर
प्रीतिको निसान मेटाई गयौ बिरानो बनेर
प्रीतिको निसान मेटाई गयौ बिरानो बनेर
सम्झिनौ तिमीले लगाउँदा चोट
सम्झिनौ तिमीले लगाउँदा चोट दुख्ला कि भनेर
दुख्ला कि भनेर
लाएर माया भुलेर गयौ निर्मोही बनेर
टुटाई वाचा छोडेर गयौ सुखलाई खोजेर
टुटाई वाचा छोडेर गयौ सुखलाई खोजेर
कर्मले मेरो सकेन पाउन
कर्मले मेरो सकेन पाउन तिमीलाई रोजेर
तिमीलाई रोजेर
लाएर माया भुलेर गयौ निर्मोही बनेर
लाएर माया भुलेर गयौ निर्मोही बनेर
चिनारी केही छाडिनौ तिमीले सम्झनु भनेर
लाएर माया भुलेर गयौ निर्मोही बनेर
शब्द/सङ्गीत: सुरेश प्रधान
स्वरः दिपक खरेल