लौन नि जीवन काटौ……

हाऽऽ लौन नि जीवन काटौ मैले कसरी
रात काटेँ रोएर, दिन काटेँ जसरी तसरी
लौन नि जीवन काटौ मैले कसरी
ए लौन रात काटेँ रोएर, दिन काटेँ जसरी तसरी
लौन नि जीवन काटौ मैले कसरी
ए लौन साइला मैले जीवन काटौ मैले कसरी
हा हा जीवन काटौ मैले कसरी
हा हा जीवन काटौ मैले कसरी

त्यो लाली जोवन हामीलाई देऊन
रूमाल नि लैजाउली जिन्दगीमा राख सम्झना
त्यो लाली जोवन हामीलाई देऊन
रूमाल नि लैजाउली जिन्दगीमा राख सम्झना

के भन्नु खै मनको कुरा सधैँ मनैमा
काट्छन् कुरा सबैले
बित्यो जोवन घाँस दाउरा वनैमा
के भन्नु खै मनको कुरा सधैँ मनैमा
ए लौन काट्छन् कुरा सबैले
बित्यो जोवन घाँस दाउरा वनैमा
के भन्नु खै मनको कुरा सधैँ मनैमा
ए लौन साइला मनको कुरा सधैँ मनैमा
हा हा मनको कुरा सधैँ मनैमा
हा हा मनको कुरा सधैँ मनैमा

हा हा पीर कति नगर मायाको भर पर
त्यो सिउँदो सजाउने छ हाम्लाई साह्रै रहर
हा हा पीर कति नगर मायाको भर पर
त्यो सिउँदो सजाउने छ हाम्लाई साह्रै रहर

हा साइला कता होला हितको दौतरी
मनमा पीरको छ भारी
पाइनँ कतै बिसाउने चौतारी
साइला कता होला हितको दौतरी
ए लौन मनमा पीरको छ भारी
पाइनँ कतै बिसाउने चौतारी
साइला कता होला हितको दौतरी
ए लौन साइला कता होला हितको दौतरी
हा हा कता होला हितको दौतरी
हा हा कता होला हितको दौतरी

त्यो लाली जोवन हामीलाई देऊन
रूमाल नि लैजाउली जिन्दगीमा राख सम्झना
रूमाल ले के गर्नु दुई दिनमै फाटिन्छ
देऊ हाम्लाई त्यो माया, माया भए सधैँ साथ दिन्छ
त्यो लाली जोवन हामीलाई देऊन
रूमाल नि लैजाउली जिन्दगीमा राख सम्झना

शब्द/सङ्गीतः कल्याण शेरचन, पूर्ण नेपाली
स्वरः लोचन भट्टराई, कल्याण शेरचन, पूर्ण नेपाली

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!