लाउँदिनँ म त पुरानो चोलो……

लाउँदिनँ म त पुरानो चोलो यो पाली चाँडैमा
ल्याइदिन पर्छ मखमली चोलो फूलबुट्टे साडीमा
ल्याइदिन पर्छ मखमली चोलो फूलबुट्टे साडीमा

कानको ढुङ्ग्री नाकको मुन्द्री माइतीले दिने छन्
गलामा हारी तिलहरी छैन दिदैले के भन्लिन्
कानको ढुङ्ग्री नाकको मुन्द्री माइतीले दिने छन्
गलामा हारी तिलहरी छैन दिदैले के भन्लिन्
दिदी बहिनी गहना लाई तीजमा नाच्ने छन्
म एउटी बहिनी के गरी नाच्नु पराई खस्ने छन्
लाउँदिनँ म त पुरानो चोलो यो पाली चाँडैमा
ल्याइदिन पर्छ मखमली चोलो फूलबुट्टे साडीमा

बैँशमा भन्छन् लाएको देख्ने खाएको को देख्छ
खसमले दिने गहना गुनिया मायाको चिनो हुन्
बैँशमा भन्छन् लाएको देख्ने खाएको को देख्छ
खसमले दिने गहना गुनिया मायाको चिनो हुन्
पोहोरको सालमा सिएको चोलो च्यातिएर चिट्टो भो
रातोमा साडी घामले होला रङ्ग पनि फुस्रो भो
लाउँदिनँ म त पुरानो चोलो यो पाली चाँडैमा
ल्याइदिन पर्छ मखमली चोलो फूलबुट्टे साडीमा

झिली र मिली गहना लाई नाचौँला तीजमा
रङ्गिबिरङ्गि कपडा लाई खसमलाई रिझाउँला
हाम्रा त खसम ल्याइदिन्छन् साडी यो पाली तीजैमा
नाच्ने छु म त नक्कल पारी यो पाली तीजैमा
लाउँदिनँ म त पुरानो चोलो यो पाली चाँडैमा
ल्याइदिन पर्छ मखमली चोलो फूलबुट्टे साडीमा
ल्याइदिन पर्छ मखमली चोलो फूलबुट्टे साडीमा
फूलबुट्टे साडीमा

सङ्कलक/स्वरः माया ठकुरी

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
Archives
Categories
Recent Posts
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
आजभोलि हरेक साँझ……..
मंगलवार, असार ३०, २०८३
कति टाढा…….
शनिबार, असार १३, २०८३
error: Content is protected !!