हाऽऽऽऽऽ
आज भोलि के भयो, के भयो
के भयो, के भयो
कसले कसले हो…. स्वाट्ट यो मन चोर्यो
खान्न म त लाम्पाते सुरती
लाऊँ कि नलाऊँ जुग जाने पिरती
हाऽऽऽऽ
यो ज्यानको थाह छैन के गति
थाह छैन के गति
जुनी बित्छ हो…. खोज्दैमा ओखती
खान्न म त लाम्पाते सुरती
लाऊँ कि नलाऊँ जुग जाने पिरती
हाऽऽऽऽ
सिरसिर बतासे चौतारी
बतासे चौतारी
अभागी को हो…. हुन्न कोही अवतारी
खान्न म त लाम्पाते सुरती
लाऊँ कि नलाऊँ जुग जाने पिरती
हाऽऽऽऽऽ
पानको पात छातीमा धड्किन्छ
छातीमा धड्किन्छ
सिसा होइन हो…. चरक्कै चर्किन्छ
खान्न म त लाम्पाते सुरती
लाऊँ कि नलाऊँ जुग जाने पिरती
खान्न म त लाम्पाते सुरती
लाऊँ कि नलाऊँ जुग जाने पिरती
जुग जाने पिरती
जुग जाने पिरती
जुग जाने पिरती
जुग जाने पिरती
शब्दः सरूभक्त
संगीतः ईश्वर गुरूङ ‘जग्गु’
स्वरः अमृत गुरूङ
ब्याण्डः नेपथ्य