लजाउँदै सङ्कोचबीच ममा ऊ हराई
लजाउँदै सङ्कोचबीच ममा ऊ हराई
मैले केही बिराएँ कि
मैले केही बिराएँ कि
उसले केही बिराई
लजाउँदै सङ्कोचबीच ममा ऊ हराई
भन्थी ऊ जिउन चाहन्छु जिन्दगी आफ्नै खुशीले
भन्थी ऊ जिउन चाहन्छु जिन्दगी आफ्नै खुशीले, आफ्नै खुशीले
सुस्तरी उसले मलाई पनि मेरो इमान बिर्साई
मैले केही बिराएँ कि
मैले केही बिराएँ कि
उसले केही बिराई
लजाउँदै सङ्कोचबीच ममा ऊ हराई
मुटु काप्ने ठिहिर्याउने जाडो थियो,
जाडो थियो, जाडो थियो
मुटु काप्ने ठिहिर्याउने जाडो थियो घरबाहिर,
घरबाहिर, घरबाहिर
भित्र उसले रातै भरि मुटुमा मुरु ओढाई
मैले केही बिराएँ कि
मैले केही बिराएँ कि
उसले केही बिराई
लजाउँदै सङ्कोचबीच ममा ऊ हराई
शब्दः विजय शिवाकोटी
सङ्गीत: राम सिटौला
स्वरः दिपक खरेल