लहर हो लोग्नेमान्छे
ऊ नजिक आउन सक्छ
किनाराहरू अँगाली
छोडेर जान सक्छ
लहर हो लोग्नेमान्छे
उसको निम्ति माया आवेश हो नदीको
उसको निम्ति प्रीति सहयोग हो खुशीको
उसको निम्ति माया आवेश हो नदीको
उसको निम्ति प्रीति सहयोग हो खुशीको
ऊ अनुभवी बनेर सब बाचा भुल्न सक्छ
कोमल स्वास्नीमान्छेलाई मायाले छल्न सक्छ
लहर हो लोग्नेमान्छे
अनेक पाप मनमा साँचिरहेको हुन्छ
विश्वासघात गर्दै हाँसिरहेको हुन्छ
अनेक पाप मनमा साँचिरहेको हुन्छ
विश्वासघात गर्दै हाँसिरहेको हुन्छ
हजार रूप लिएर ऊ चोखो बन्न सक्छ
अर्काको मुटुलाई ऊ ढुंगा भन्न सक्छ
लहर हो लोग्नेमान्छे
रचनाः किरण खरेल
संगीतः शिवशंकर
स्वरः तारा देवी