लाग्छ मलाई मेरो संसार वेश्येको रंगीन कोठा बराबर
लाग्छ मलाई मेरो संसार वेश्येको रंगीन कोठा बराबर
रमाइलो छ बाहिर रम्नेहरूलाई
रमाइलो छ बाहिर रम्नेहरूलाई अनि भित्र जाऊ अँधेरो अँधेरो
लाग्छ मलाई मेरो संसार वेश्येको रंगीन कोठा बराबर
तिमी झूट भन्छौ तर मैले साथी
तिमी झूट भन्छौ तर मैले साथी आफैलाई काटेर बेचेको छु
मनको र तनको पुरानो कुरा भो मैले आत्मासम्म बेचेको छु
लाग्छ मलाई आफ्नो जीवन फाँसीको घडी पर्खे बराबर
लाग्छ मलाई मेरो संसार वेश्येको रंगीन कोठा बराबर
दन्ते कथाका पात्रहरू झैँ
दन्ते कथाका पात्रहरू झैँ लाग्छ मलाई मेरा वीरहरू
तस्वीर भन्दा बढी केही होइनन् झुन्डेका पुर्खाका तस्वीरहरू
लाग्छ मलाई मेरो ईश्वर फूलै फूलले छोपेको ढुङ्गा बराबर
लाग्छ मलाई मेरो संसार वेश्येको रंगीन कोठा बराबर
रमाइलो छ बाहिर रम्नेहरूलाई
रमाइलो छ बाहिर रम्नेहरूलाई अनि भित्र जाऊँ अँधेरो अँधेरो
लाग्छ मलाई मेरो संसार वेश्येको रंगीन कोठा बराबर
शब्द/संगीत/स्वरः गोपाल योञ्जन