लाजले तिमी झुकिदिँदा फूल पनि लर्किन्छ
आँखादेखि टाढा टाढा हुँदा मेरो छाती चर्किन्छ
छाती चर्किन्छ
लाजले तिमी झुकिदिँदा
नठान मलाई अर्काको प्यार तिम्रै लागि छ
नठान तिमी अर्काको आश अझै बाँकी छ
नछोडी जाऊ आँशु तर्किन्छ
आँशु तर्किन्छ
लाजले तिमी झुकिदिँदा
बादलुमा लुकी बस्ने चन्दा मेरो नाउँ हो
ताराबीच हाँसी बस्ने माया मेरो नाउँ हो
तिमी आईदिए पास बहार आफै फर्किन्छ
आफै फर्किन्छ
लाजले तिमी झुकिदिँदा
शब्दः रविन्द्र शाह
संगीतः कल्याण रिमाल
स्वरः कल्याण र बिजु रिमाल