कुञ्जमा गुञ्जियो स्वर कोयलीको
बासना छरियो बेली चमेलीको
हराभरा यो वाटिकामा हो
तार मन वीणाको आफै लौ झन्कियो
दूर दूर यो आवाज हो
पवनको गतिमा आकाशीने भो
हर्षको आँशु मेघ झर्ने भो
नींदरा हरायो मेरो परेलीको
क्षितिजमा हो जून डुबेको
गोधूलीमा हो पंक्षी लुक्न गो
पूर्णचन्द्रको मुस्कान भो
बसुधामा हो ज्योति पोखियो
मायाको बन्धन नचुँडिने भो
ताराले श्रृङ्गार्यो माथ उजेलीको
कुञ्जमा गुञ्जियो स्वर कोयलीको
शब्दः रत्न शम्शेर थापा
संगीतः नारायण गोपाल
स्वरः नारायण गोपाल र तारादेवी