कोलाहलभरि संसारमा सुनसान कति खोजी हिँडुँ
आऊ प्रिय बरू दुर जाऔँ, सुनसान मै बिलाऔँ
कोलाहलभरि संसारमा
नहुन् त्यहाँ कोही अरू
जति दिन बितोस् जति रात बरू
नहुन् त्यहाँ कोही अरू
जति दिन बितोस् जति रात बरू
म तिमी र केवल शून्य आकाश
कलिला किरण कोमल बतास
आऊ प्रिय बरू दुर जाऔँ, सुनसान मै बिलाऔँ
कोलाहलभरि संसारमा
पाउने इच्छा कति थियो
दिने चाहना पनि धेरै थियो
पाउने इच्छा कति थियो
दिने चाहना पनि धेरै थियो
कसरी पूरा गर्ने कामना
विपना नपाउने यो ठाउँमा
आऊ प्रिय बरू दुर जाऔँ, सुनसान मै बिलाऔँ
कोलाहलभरि संसारमा सुनसान कति खोजी हिँडुँ
आऊ प्रिय बरू दुर जाऔँ, सुनसान मै बिलाऔँ
कोलाहलभरि संसारमा
शब्दः जगत क्षेत्री
संगीतः दीप वाइबा
स्वरः पेमा लामा