कोइलीको स्वर चोरेको तिमीले कसरी होला
यो मेरो मुटु चोरेको तिमीले त्यसरी होला सुनेर जाउन
सपना बनि विपना बनि
सपना बनि विपना बनि
विपना पनि सपना जस्तो कसरी होला
यो मेरो मुटु चोरेको तिमीले त्यसरी होला सुनेर जाउन
बिर्सेको भाका सम्झेर गाइदेऊ
आकाशै डाक्ने पिरती लाइदेऊ
पात नबोल्दै शीत नगल्दै
मुटुको घाउ मुटुले छोइदेऊ
मुटुको घाउ मुटुले छोइदेऊ
मलाई घायल पारेको तिमीले
यो मेरो मुटु चोरेको तिमीले त्यसरी होला सुनेर जाउन
शब्द/संगीत/स्वरः बच्चु कैलाश