कोही टाढा बसी बोलाउँछ मलाई चाहेर
दिल मेरो अल्झेछ त्यहीँ नै भुलेर
कोही टाढा बसी
कति राम्रो छ यो मौसम छोए झर्ला कुसुम
छोए झर्ला कुसुम
कति राम्रो छ यो मौसम छोए झर्ला कुसुम
शीतल हावा बहँदा रानी चरी गाउँदा
आशा मेरो खुलेछ रोजेको पाएर
कोही टाढा बसी
हावा जस्तो म भइदिए पर्दा हटाई हेर्थेँ
पर्दा हटाई हेर्थेँ
हावा जस्तो म भइदिए पर्दा हटाई हेर्थेँ
लुकेको जूनलाई छल्ने रूपलाई
हाँस्न पाउँथेँ माया मेरो साथै पाएर
कोही टाढा बसी बोलाउँछ मलाई चाहेर
दिल मेरो अल्झेछ त्यहीँ नै भुलेर
कोही टाढा बसी
शब्दः मिरन शाह
सङ्गीत/स्वरः प्रेमध्वज प्रधान