कोही हिमाल चुच्चे, कोही हिमाल बुच्चे कोही हिमाल थेप्चे नेपाली नाकजस्तो
कोही हिमाल चुच्चे, कोही हिमाल बुच्चे, कोही हिमाल थेप्चे नेपाली नाकजस्तो
कोही सेतो माटो, कोही रातो माटो, कोही कालो माटो नेपाली रङ्गजस्तो
नेपाल पुरै नेपालीजस्तो, नेपाली पुरै नेपालजस्तो
विविध तन, सगोल मन, सबको आत्मा नेपाल
सबको आत्मा नेपाल
आफ्नो आफ्नो, आमा जस्तो, सबको आमा नेपाल
सबको आमा नेपाल
कोही फूल गुराँस, कोही फूल सिमल, कोही आम मन्जरी नेपाली जातजस्तो
नेपाल पुरै नेपालीजस्तो, नेपाली पुरै नेपालजस्तो
डाँडाकाँडा, पहाडी धरा, नेपाली टोपीजस्तो
नेपाली टोपीजस्तो
फैलेको मन, मैदानी धरा, नेपाली धोतीजस्तो
नेपाली धोतीजस्तो
कोही पार्वती, कोही जानकी, कोही भृकुटी नेपाली छोरीजस्तो
नेपाल पुरै नेपाली जस्तो, नेपाली पुरै नेपाल जस्तो
शब्दः राजेन्द्र थापा
संगीतः आलोक श्री
स्वरः रामकृष्ण ढकाल