को होला मेरो मनमा सुस्तरी आइ बस्ने
मेरो मुटुको धड्कनसँगै मीठो गीत गाइ दिने
को होला मेरो मनमा सुस्तरी आइ बस्ने
मेरो मुटुको धड्कनसँगै मीठो गीत गाइ दिने
को होला मेरो मनमा
तिमी नै छौ आँखामा
तिमी नै छौ मुटुमा
तिमी नै हौ मेरो जिन्दगी
तिमी नै हौ हर खुशी
अब भनिदेऊ तिमी मेरो संसार हौ
को होला हृदय बीचमा सुस्तरी आइ बस्ने
हरेक क्षण हरपल नै यादमा डुबी बस्ने
को होला मेरो मनमा
तिमी मेरो मनले रोजेको
तिमी नै मेरो मनले खोजेको
तिमीले नै मेरो मन जितेको
तिमीमै मेरो मन छ अडेको
नभई देऊ अब टाढा मदेखि
को होला मेरो मनमा सुस्तरी आइ बस्ने
मेरो मुटुको धड्कनसँगै मीठो गीत गाइ दिने
को होला मेरो मनमा
शब्द/संगीतः दिपेश प्रधान
स्वरः ममता दिप्बिम