को हो रे को हो
मुटुमा मेरो माया भई पसेको
जहाँ नै जाऊँ जिन्दगीभरि
छायाँ भई बसेको
को हो रे को हो
झसङ्ग पार्ने एकलासे ठाउँमा कोयलीको सुरमा
पिरती ल्याउने बिहानीपख फुलेको फूलमा
पिरती ल्याउने बिहानीपख फुलेको फूलमा
को हो रे को हो
रातमा मेरो जून भई खसेको
जहाँ नै जाऊँ जिन्दगीभरि
छायाँ भई बसेको
को हो रे को हो
खाएको छैन कसम कहिले दुई हात थामेर
रोएको छैन गुनासो गरी अंगालो हालेर
रोएको छैन गुनासो गरी अंगालो हालेर
को हो रे को हो
परेलीभित्र आँशु भई पसेको
जहाँ नै जाऊँ जिन्दगीभरि
छायाँ भई बसेको
को हो रे को हो
शब्दः शान्ति सिंह
संगीत/स्वरः बच्चु कैलाश