किन माया गर्दा गर्दै जीवन रिसाइरहन्छ
किन माया गर्दा गर्दै जीवन रिसाइरहन्छ
किन आजभोलि मुटुमा मृत्यु सुसाइरहन्छ
किन माया गर्दा गर्दै जीवन रिसाइरहन्छ
कोठाका झ्याल ढोका मलाई आँखा तर्छन्
कोठाका झ्याल ढोका मलाई आँखा तर्छन्
जीवनका स्वप्न सारा मलाई गाली गर्छन्
मनका हरेक इच्छा रित्याऊँ जस्तो लाग्छ
किन आजभोलि मुटुमा मृत्यु सुसाइरहन्छ
किन माया गर्दा गर्दै जीवन रिसाइरहन्छ
दलिनहरू खसेर मलाई थिच्छु भन्छन्
दलिनहरू खसेर मलाई थिच्छु भन्छन्
भित्ताहरू सरेर मलाई बाटो छेक्छन्
आफ्ना मलामी आफैँ निम्त्याऊँ जस्तो लाग्छ
किन आजभोलि मुटुमा मृत्यु सुसाइरहन्छ
किन माया गर्दा गर्दै जीवन रिसाइरहन्छ
किन माया गर्दा गर्दै जीवन रिसाइरहन्छ
किन माया गर्दा गर्दै जीवन रिसाइरहन्छ
शब्दः किरण खरेल
संगीतः नातिकाजी
स्वरः कन्हैया कुमार जोशी