किन म एक्लैको ………

किन म एक्लैको गल्ती भनूँ
तिमीले बोलाएथ्यौ दिल दिईकन
आए त के मैले भुल गरेँ
सँगसँगै जिउने कबुल गरेँ
पाउनलाई जीवनको सार
हर मौसममा ल्याउन बहार, हैन त

बुझ्छु म तिम्रो बहानाहरू
रिसाएझैँ व्यर्थै नगर्नु बरू
बुझ्छु म तिम्रो बहानाहरू
रिसाएझैँ व्यर्थै नगर्नु बरू
आऊ नगीचै त बस्ने गर
मेरो मीठो गीतहरू सुन्ने गर
पाउनलाई जीवनको सार
हर मौसममा ल्याउन बहार, हुन्न त

किन लाज मान्छौ लौ फेरि तिमी
यो पुग्ने ठाउँमा पुगेरै पनि
किन लाज मान्छौ लौ फेरि तिमी
यो पुग्ने ठाउँमा पुगेरै पनि
थाहा नै होला कि यो प्यार हो
माया नै यौवनको श्रृङ्गार हो
पाउनलाई जीवनको सार
हर मौसममा ल्याउन बहार
किन म एक्लैको गल्ती भनूँ
तिमीले बोलाएथ्यौ दिल दिईकन
आए त के मैले भूल गरेँ
सँगसँगै जिउने कबुल गरेँ
पाउनलाई जीवनको सार
हर मौसममा ल्याउन बहार, हैन त

शब्दः राम मान तृषित
सङ्गीतः शिव शङ्कर मानन्धर
स्वरः पुष्प नेपाली

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!