किन किन मेरो मनमा आज शान्ति छैन
तर कुरा सबैलाई भन्ने बानी छैन
भन्ने बानी छैन
किन किन
जूनभन्दा चोखो मन उसलाई सुम्पिदिए
वसन्तको उपवनै उसलाई अर्पिदिए
किन किन मेरो तनमा आज कान्ती छैन
किन किन मेरो तनमा आज कान्ती छैन
तर कुरा सबैलाई भन्ने बानी छैन
भन्ने बानी छैन
किन किन
रोऊँ भने सबले मलाई अबला ठानी दिन्छन्
व्यथा लुकाई गाऊँ भने आँखा भिजिदिन्छन्
किन किन मेरो पनमा आज मन छैन
किन किन मेरो पनमा आज मन छैन
तर कुरा सबैलाई भन्ने बानी छैन
भन्ने बानी छैन
किन किन मेरो मनमा आज शान्ति छैन
तर कुरा सबैलाई भन्ने बानी छैन
भन्ने बानी छैन
भन्ने बानी छैन
भन्ने बानी छैन
शब्दः
संगीतः
स्वरः