किन ढाँट्नु फेरि तिमीलाई
किन ढाँट्नु फेरि तिमीलाई
दुई रात तिमी नहुँदा
आकाशको चन्द्र ओर्ली
मेरो प्यास बुझाइ दिएछिन्
मेरो प्यास बुझाइ दिएछिन्
किन ढाँट्नु फेरि तिमीलाई
किन ढाँट्नु फेरि तिमीलाई
उनको म साथ रहँदा कति भो नशा नसोध
उनको म साथ रहँदा कति भो नशा नसोध
बेहोश भएर कसरी ब्युझेँ म यो नसोध
बेहोश भएर कसरी ब्युझेँ म यो नसोध
उनकै नजरको मदले मेरो होश भिजाइ दिएछिन्
मेरो होश भिजाइ दिएछिन्
किन ढाँट्नु फेरि तिमीलाई
किन ढाँट्नु फेरि तिमीलाई
बादलको घुम्टो हाली सन्ध्याको सँग आएर
बादलको घुम्टो हाली सन्ध्याको सँग आएर
दुई प्रश्न सोद्धा केवल चुपचाप मुस्कुराएर
दुई प्रश्न सोद्धा केवल चुपचाप मुस्कुराएर
बिहान नभएसम्मन् मेरो साथ निदाइ दिएछिन्
मेरो साथ निदाइ दिएछिन्
किन ढाँट्नु फेरि तिमीलाई
किन ढाँट्नु फेरि तिमीलाई
बिर्सूँ कसोरी उनको मायाको नौलोपन त्यो
बिर्सूँ कसोरी उनको मायाको नौलोपन त्यो
अनि ग्रीसको ठन्डी हावा देहको न्यानोपन त्यो
अनि ग्रीसको ठन्डी हावा देहको न्यानोपन त्यो
उनकै नजरको मदले मेरो रात सजाई दिएछिन्
किन ढाँट्नु फेरि तिमीलाई
किन ढाँट्नु फेरि तिमीलाई
दुई रात तिमी नहुँदा
आकाशको चन्द्र ओर्ली
मेरो प्यास बुझाइ दिएछिन्
मेरो प्यास बुझाइ दिएछिन्
किन ढाँट्नु फेरि तिमीलाई
किन ढाँट्नु फेरि तिमीलाई
शब्दः राममान तृषित
सङ्गीतः शिवशङ्कर मानन्धर
स्वरः पुष्प नेपाली