किन आउँछ सपनीमा मलाई ब्युँझाउन
मलाई ब्युँझाउन
किन आउँछ सपनीमा मलाई ब्युँझाउन
मलाई ब्युँझाउन
तिम्रो केही चाहिँदैन, देऊ निदाउन
देऊ निदाउन
किन आउँछ सपनीमा मलाई ब्युँझाउन
मलाई ब्युँझाउन
किन आउँछ
मेरो कथा, मेरो हाँसो अतीतले लग्यो
अतीतले लग्यो
मेरो कथा, मेरो हाँसो अतीतले लग्यो
अतीतले लग्यो
जीवनको घाम छायाँ उपहार भयो
उपहार भयो
किन आउँछ सपनीमा मलाई ब्युँझाउन
मलाई ब्युँझाउन
किन आउँछ
आफैलाई बिर्सिसकेँ नआऊ सम्झाउन
नआऊ सम्झाउन
आफैलाई बिर्सिसकेँ नआऊ सम्झाउन
नआऊ सम्झाउन
गीत किन बज्छ सधैँ मलाई रुवाउन
मलाई रुवाउन
किन आउँछ सपनीमा मलाई ब्युँझाउन
मलाई ब्युँझाउन
किन आउँछ सपनीमा मलाई ब्युँझाउन
मलाई ब्युँझाउन
तिम्रो केही चाहिँदैन, देऊ निदाउन
देऊ निदाउन
किन आउँछ सपनीमा मलाई ब्युँझाउन
मलाई ब्युँझाउन
किन आउँछ
शब्दः रामचन्द्र पुडासैनी
सङ्गीतः नातिकाजी
स्वरः मीरा राणा