किन आउँछ पुरानो कुरा मलाई सताउन
मन खोली रुँदा सबैले भन्छन् तँलाई सुहाउँदैन
किन आउँछ पुरानो कुरा मलाई सताउन
मन खोली रुँदा सबैले भन्छन् तँलाई सुहाउँदैन
किन आउँछ पुरानो कुरा
बैरीले पनि नदिने दुःख दियो यो मायाले
बैरीले पनि नदिने दुःख दियो यो मायाले
जीवनभरि छोडेन मलाई बैगुनी छायाँले
रजनी-गन्धा बास्ना आउँछ रातिमा ब्युँझाउन
मन खोली रुँदा सबैले भन्छन् तँलाई सुहाउँदैन
किन आउँछ पुरानो कुरा
बर्खाको खोला सुसाए जस्तो उर्लिने भावना
बर्खाको खोला सुसाए जस्तो उर्लिने भावना
उमङ्ग छुटे जंघार पारि बाँकी छ वेदना
सुसेली हाल्दा प्रीतिको भाका जानिनँ फर्काउन
मन खोली रुँदा सबैले भन्छन् तँलाई सुहाउँदैन
किन आउँछ पुरानो कुरा मलाई सताउन
मन खोली रुँदा सबैले भन्छन् तँलाई सुहाउँदैन
किन आउँछ पुरानो कुरा
शब्द/संगीतः आभाष
स्वरः फत्तेमान राजभण्डारी