खुल्दैन ताल्चा त्यो कोठाको
जहाँ तिम्रो प्रेम कैदी भएर रहेको छ
खुल्दैन ताल्चा त्यो कोठाको
जहाँ तिम्रो प्रेम कैदी भएर रहेको छ
कैदी भएर रहेको छ
रवि शशीलाई साक्षी राखेर
रवि शशीलाई साक्षी राखेर
साटेको मुटु सापटी दिएको हैन
साटेको मुटु सापटी दिएको हैन
फिर्ता लिने दिने गरेर
फिर्ता लिने दिने गरेर
डुल्दैन विचार त्यो क्षेत्रमा
जहाँ तिम्रो प्रेम सीमा भएर गाढिएको छ
खुल्दैन ताल्चा त्यो कोठाको
जहाँ तिम्रो प्रेम कैदी भएर रहेको छ
कैदी भएर रहेको छ
प्राणै पनि दिने प्रण गरेर
प्राणै पनि दिने प्रण गरेर
बाँधेको माया फुकाउनलाई हैन
बाँधेको माया फुकाउनलाई हैन
संकल्पलाई चुडालेर
संकल्पलाई चुडालेर
फुल्दैन पुष्प त्यो कुञ्जमा
जहाँ तिम्रो प्रेम दुबो भएर मौलाएको छ
खुल्दैन ताल्चा त्यो कोठाको
जहाँ तिम्रो प्रेम कैदी भएर रहेको छ
कैदी भएर रहेको छ
शब्दः
संगीतः
स्वरः प्रकाश श्रेष्ठ