केशले नै घेरिएकी देवी गङ्गा साथमा
कान्ति छर्दै टेडिएका चन्द्रमा छन् माथमा
बाघ छाला बेरिएको झल्ल सेतो गाथमा
चित्त मेरो टाँसियोस् है शम्भु भोला नाथमा
केशले नै घेरिएकी
नेत्र तेस्रो शोभिएको
नेत्र तेस्रो शोभिएको तेजिलो त्यो भालमा
तीन डोरा भष्म झल्क्यो
तीन डोरा भष्म झल्क्यो धन्य कस्तो तालमा
तालिदै छन् ढोल ताती रम्य शोभा साथमा
चित्त मेरो टाँसियोस् है शम्भु भोला नाथमा
केशले नै घेरीएकी
ती फुलेका पद्म जस्तै
ती फुलेका पद्म जस्तै लाल राम्रा पैतली
खुल्न जाँदा शोभिएको
खुल्न जाँदा शोभिएको पद्म आसन सक्कली
ब्रम्ह सचित रूप आफै मस्त आफ्नै ध्यानमा
चित्त मेरो टाँसियोस् है शम्भु भोला नाथमा
केशले नै घेरिएकी देवी गङ्गा साथमा
कान्ति छर्दै टेडिएका चन्द्रमा छन् माथमा
बाघ छाला बेरिएको झल्ल सेतो गाथमा
चित्त मेरो टाँसियोस् है शम्भु भोला नाथमा
केशले नै घेरीएकी
शब्दः गणराज उपाध्याय खनाल
संगीत/स्वरः भक्तराज आचार्य