केही त रह्यो जो बताउनै सकिनँ
केही त रह्यो जो बताउनै बाँकी छ
केही त रह्यो जो बताउनै सकिनँ
केही त रह्यो जो बताउनै बाँकी छ
कोही त छ जसलाई म नसम्झन सक्दिनँ
आफ्नै हो लाग्दा पनि म आफ्नो भन्न सक्दिनँ
आफ्नो भन्न सक्दिनँ
केही त रह्यो जो बताउनै सकिनँ
केही त रह्यो जो बताउनै बाँकी छ
खल्बल्लिएको छु म टुक्रिएको सायद
यत्तिकै म हाँसिदिन्छु रुँदारुँदै म अल्झिदिन्छु
म थाकिदिन्छु, म थाकिदिन्छु
जहाँ छैनौ तिमी त्यही त छौ बढी
बजिरहन्छ चार सधैँ चल्दैन त्यो घडी
भेट्दै गर्दा सँगै जोडिएँ झनै
छुट्टिदै गर्दा टुक्रिएँ झन् अझै
टुक्रिनु र सम्हालिनु यादै भइरह्यो
जे बाँकी थ्यो त्यो पनि त बाँकी रहिरह्यो
लुक्दै खसेका केही थोपा माया
बोल्नै नसकी काँपेका अधर
साथै हिँडेका पैतालाका डोब
र सँगै चुमेका चियाका गिलास
तिमीले गाउने ती पुराना गीत
टिस्युभरि पोख्ने भावनाका पङ्क्ति
कतै मै भएर नै
कतै मै भएर नै छरिएँ म छरिएँ म
केही त रह्यो जो बताउनै सकिनँ
केही त रह्यो जो बताउनै बाँकी छ
खसेको देख्दा आकाशका तारा
अझै खसे पनि तिमीलाई मागिनँ
सुन्दरता तिम्रो सोचमै थियो
ऐनामा खोज्नु अर्थै थिएन
अधरमा तिम्रो जुन सुवास थियो
अत्तर नै बरु फिक्का भैदियो
केही त रह्यो जो बताउनै सकिनँ
केही त रह्यो बताउनै बाँकी छ
केही त रह्यो जो बताउनै सकिनँ
केही त रह्यो बताउनै बाँकी छ
केही त रह्यो जो बताउनै सकिनँ
बताउनै बाँकी छ
शब्दः सौरभ कार्की
सङ्गीत/स्वरः शान्तिम कोइराला