केही मीठो बात गर, रात त्यसै ढल्किँदै छ
केही मीठो बात गर, रात त्यसै ढल्किँदै छ
भरे फेरि एकान्तमा रुनु त छँदै छ
केही मीठो बात गर, रात त्यसै ढल्किँदै छ
रमाइलो कुरा गर, सपनाको कुरा गर
रमाइलो कुरा गर, सपनाको कुरा गर
सँगसँगै बिताएको सम्झनाको कुरा गर
सम्झनाको कुरा गर
दुःख छोड, दुःखलाई त जिन्दगानी छँदै छ
भरे फेरि एकान्तमा रुनु त छँदै छ
केही मीठो बात गर, रात त्यसै ढल्किँदै
आऊँ नाचौँ अँध्यारोमा जुनकिरी नाचेजस्तै
आऊँ नाचौँ अँध्यारोमा जुनकिरी नाचेजस्तै
बतासमा उडौँ आज सिमलको भुवाजस्तै
सिमलको भुवाजस्तै
दुई कदम साथ हिँडौँ, छुट्टिनु त छँदै छ
भरे फेरि एकान्तमा रुनु त छँदै छ
केही मीठो बात गर, रात त्यसै ढल्किँदै छ
शब्दः काली प्रसाद रिजाल
संगीत/स्वरः नारायण गोपाल