कविता हैन
कविता हैन म खोज्छु लेख्न जीवन कथा पो
के हुन्थ्यो गीत म लेख्न खोज्छु मनको व्यथा पो
कविता हैन म खोज्छु लेख्न जीवन कथा पो
के हुन्थ्यो गीत म लेख्न खोज्छु मनको व्यथा पो
कविता हैन
म कोइलीको स्वरमा खोज्छु विश्वको सङ्गीत
म कोइलीको स्वरमा खोज्छु विश्वको सङ्गीत
म शरदको जूनमा खोज्छु संसार रङ्गित
तिमीलाई खोज्छु
तिमीलाई खोज्छु सुख र हर्ष दर्द म दिलाउन
ओइलेको फूलमा म खोज्छु शीत तिमीलाई पिलाउन
कविता हैन
भँवरा बनि म चुम्न खोज्छु फूलको सुवास
भँवरा बनि म चुम्न खोज्छु फूलको सुवास
म खोज्छु पिउन इन्द्रेणी रङ्ग भरेर उल्लास
शिशिरमा खोज्छु
शिशिरमा खोज्छु म तिम्रो निम्ति बहार ल्याउन
सुकेको ओठमा तिमीलाई खोज्छु हाँसोले रुझाउन
कविता हैन
कविता हैन म खोज्छु लेख्न जीवन कथा पो
के हुन्थ्यो गीत म लेख्न खोज्छु मनको व्यथा पो
शब्दः जी. शाह
सङ्गीतः नातिकाजी
स्वरः योगेश वैद्य