कति शान्त, कति सुन्दर, कति शीतल आजको रात
कति शान्त, कति सुन्दर, कति शीतल आजको रात
धर्तीलाई तपस्याको वरदानझै आजको रात
कति शान्त, कति सुन्दर, कति शीतल आजको रात
उठिदिन्छन् पहाडहरू आकाशलाई छुन खोज्दै
झुकिदिन्छन् आकाश पनि धर्तीलाई छुन खोज्दै
टोलाइ दिन्छन् ताराहरू आज राति रम्दै रम्दै
कति शान्त, कति सुन्दर, कति शीतल आजको रात
फूलहरू हाँसिदिन्छन् मगमगाउँदो बास्ना छर्दै
एउटा ज्योति झरिदिन्छन् जगभरि शान्ति छर्दै
मानौँ बोल्छ प्रीति आज पहिलो चोटी कुरा गर्दै
कति शान्त, कति सुन्दर, कति शीतल आजको रात
शब्दः किरण खरेल
संगीत नातिकाजी
स्वरः माणिक रत्न