कति मीठो कलकले पानी
छहरामा हाँसेर बगेको
छहरामा हाँसेर बगेको
कति राम्रो चन्चले नानी
तिमीले यो दिल खोसेर लगेको
तिमीले यो दिल खोसेर लगेको
त्यो आँखाको मोहनी यो हृदयमा छायो
त्यो आँखाको मोहनी यो हृदयमा छायो
हावा पनि आज तिम्रो पछि पछि आयो
जहाँ तिमीले टेकी गयौ मोती त्यहाँ खस्यो
जहाँ तिमीले छोइ दियो लाली नयाँ बस्यो बस्यो
कति राम्रो चन्चले नानी
तिमीले यो दिल खोसेर लगेको
तिमीले यो दिल खोसेर लगेको
पागल यो मौसमको छैन केही भर
पागल यो मौसमको छैन केही भर
वसन्तमा बिलाउँली लाग्छ मलाई डर
जहाँ तिमीले नाची गयौ त्यो ठाउँ नै झुम्यो
जहाँ तिमीले हाँसी दियौ बहारले चुम्यो चुम्यो
कति राम्रो चन्चले नानी
तिमीले यो दिल खोसेर लगेको
तिमीले यो दिल खोसेर लगेको
तिमीले यो दिल खोसेर लगेको
तिमीले यो दिल खोसेर लगेको
शब्दः किरण खरेल
संगीत/स्वरः प्रेमध्वज प्रधान