कति बस्छौ माइतीकै कौसीमा……..

कति बस्छौ माइतीकै कौसीमा
माइतीकै कौसीमा
लाग्छ आँखा पाकेको लउसीमा
मैले के गरूँ
तिमी आउँछौ कि अर्कै बे (बिहे) गरूँ
तिमी आउँछौ कि अर्कै बे (बिहे) गरूँ
कति बस्छौ माइतीकै कौसीमा
माइतीकै कौसीमा
लाग्छ आँखा पाकेको लउसीमा
मैले के गरूँ
तिमी आउँछौ कि अर्कै बे (बिहे) गरूँ
तिमी आउँछौ कि अर्कै बे (बिहे) गरूँ

तिम्रो पनि सिउँदो बाझै छ
सिउँदो बाझै छ
घरमा बाउलाई बुहारी खाँचै छ
मैले के गरूँ
तिमी आउँछौ कि अर्कै बे (बिहे) गरूँ
तिमी आउँछौ कि अर्कै बे (बिहे) गरूँ

सेतो घोडा क्या मिल्यो जोडा
क्या मिल्यो जोडा
सुहाउँदो जोडी उम्केला नछोड
मैले के गरूँ
क्या मिल्यो जोडा
क्या मिल्यो जोडा
सुहाउँदो जोडी उम्केला नछोड
मैले के गरूँ
तिमी आउँछौ कि अर्कै बे (बिहे) गरूँ
तिमी आउँछौ कि अर्कै बे (बिहे) गरूँ

उमेरैमा घरबार नजोडे
घरबार नजोडे
भाग्य फुट्ला म झिल्केलाई छोडे
मैले के गरूँ
तिमी आउँछौ कि अर्कै बे (बिहे) गरूँ
तिमी आउँछौ कि अर्कै बे (बिहे) गरूँ

तिम्रो घरमा आउन त मन लाग्छ
आउन त मन लाग्छ
आउँथे तर कुकुरको डर लाग्छ
मैले के गरूँ
आउन त मन लाग्छ
आउन त मन लाग्छ
आउँथे तर कुकुरको डर लाग्छ
मैले के गरूँ
तिमी आउँछौ कि अर्कै बे (बिहे) गरूँ
तिमी आउँछौ कि अर्कै बे (बिहे) गरूँ

कालो चोलो कुमकुममा टालेको
कुमकुममा टालेको
टोक्ने कुकुर के कामले पालेको
मैले के गरूँ
कुमकुममा टालेको
कुमकुममा टालेको
टोक्ने कुकुर के कामले पालेको
मैले के गरूँ
तिमी आउँछौ कि अर्कै बे (बिहे) गरूँ
तिमी आउँछौ कि अर्कै बे (बिहे) गरूँ
तिमी आउँछौ कि अर्कै बे (बिहे) गरूँ

शब्द/सङ्गीतः मुरारी प्रसाद लामिछाने
स्वरः राम थापा

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
आईतवार, भाद्र २८, २०८३
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
Archives
Categories
Recent Posts
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
आईतवार, भाद्र २८, २०८३
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
error: Content is protected !!