कति बग्यो कति बग्यो पूलमुनि पानी रेशम
कति बग्यो कति बग्यो पूलमुनि पानी रेशम
आशै आशमा बितेछ यो छोटो जिन्दगानी
आशै आशमा बितेछ यो छोटो जिन्दगानी रेशम
कति बग्यो कति बग्यो
दिन उठ्यो रात टुट्यो धेरै धेरै साथ छुट्यो
पारि डाँडा फूलै फुल्यो वारि मनको चुरा फुट्यो
दिन उठ्यो रात टुट्यो धेरै धेरै साथ छुट्यो
पारि डाँडा फूलै फुल्यो वारि मनको चुरा फुट्यो
हात जोडी देउरालीमा
हात जोडी देउरालीमा दुईटा फूल राखेँ मैले
भाग्य तर
भाग्य तर कति साह्रो रैछ बैमानि रेशम
कति बग्यो कति बग्यो
किन दियो विधाताले चित्तभरि रित्तो माया
सानो मेरो संसारैमा कति धेरै राम छायाँ
किन दियो विधाताले चित्तभरि रित्तो माया
सानो मेरो संसारैमा कति धेरै राम छायाँ
कति सोधुँ इन्द्रेणीलाई
कति सोधुँ इन्द्रेणीलाई जिन्दगीको कथा मैले
धेरै सहेँ
धेरै सहेँ छातीभरि भरि घाम पानी रेशम
कति बग्यो कति बग्यो पूलमुनि पानी रेशम
कति बग्यो कति बग्यो पूलमुनि पानी रेशम
आशै आशमा बितेछ यो छोटो जिन्दगानी रेशम
आशै आशमा बितेछ यो छोटो जिन्दगानी रेशम
कति बग्यो कति बग्यो
शब्दः नोर्देन रूम्बा
संगीतः चन्दन लोम्जेल
स्वरः डेजी बराइली