कति अनौठो छ मानिसको जिन्दगी
कति अनौठो छ मानिसको जिन्दगी
कहिले बलेको आगो कहिले बगेको पानी
आगो र पानी रहेछ मानिसको जिन्दगी
मानिसको जिन्दगी
कति अनौठो छ मानिसको जिन्दगी
जिन्दगी उडेको हुन्छ चाहनाको भुमरीमा
जिन्दगी उडेको हुन्छ चाहनाको भुमरीमा
सङ्घर्षको हुरीमा, सङ्घर्षको हुरीमा
कति भिन्न हुन्छ मानिसको सपना र विपना
कहाँ सपना हाँसो, कहाँ विपनाको आँशु
हाँसो र आँशु रहेछ मानिसको जिन्दगी
मानिसको जिन्दगी
कति अनौठो छ मानिसको जिन्दगी
शब्दः नीर शाह
सङ्गीत: शुभ शम्भु
स्वरः दिपक खरेल