कस्तूरी हे बास आउँछ भन्छन्
कस्तूरी हे बास आउँछ भन्छन्
सुन माया आउँदै त्यो किन हो यो दिनैमा
पहिले माया हाँसेर लायौ
पहिले माया हाँसेर लायौ
सुन माया अहिले पो चाल पायौ यो दिनैमा
तिम्रो माया छ एकातिर
तिम्रो माया छ एकातिर
सुन माया नहेर मतिर यो दिनैमा
आकाशैका नौ लाखे तारा
आकाशैका नौ लाखे तारा
सुन माया आँशु त नौ धार यो दिनैमा
शब्दः माधव प्रसाद घिमिरे
संगीतः शिवशङ्कर र नातिकाजी
स्वरः नारायण गोपाल