कस्तो रहेछ जीवन मेरो आँशु सहारा बन्छ
कस्तो रहेछ जीवन मेरो आँशु सहारा बन्छ
उकालो चढ्छु भन्दा भन्दै ओरालो झर्नु पर्छ
उकालो चढ्छु भन्दा भन्दै ओरालो झर्नु पर्छ
कस्तो रहेछ जीवन मेरो आँशु सहारा बन्छ
उपकार गर्छु अरूको आफै म नासिदो छु
उठाउन खोज्छु अरूलाई आफै म भासिदो छु
उपदेश दिन्छु थुप्रै अपनाउन जान्दिनँ म
कुन हो असल खराब भनि छुट्याउन जान्दिनँ म
कस्तो रहेछ जीवन मेरो आँशु सहारा बन्छ
घामको बहार ताप्दा बादलले ढाकिदिन्छ
प्यासिएको आत्मा मेरो आँशुले सिद्धिदिन्छ
लिएन सुखले बास दुःख नै मितेरी भयो
सुखको बाटो खोजी हिँडेँ दुःखमै जिन्दगी बित्यो
कस्तो रहेछ जीवन मेरो आँशु सहारा बन्छ
उकालो चढ्छु भन्दा भन्दै ओरालो झर्नु पर्छ
कस्तो रहेछ जीवन मेरो आँशु सहारा बन्छ
शब्दः नारायण थपलिया
संगीत/स्वरः दीप श्रेष्ठ