कस्तो माया लाइएछ आफ्नै मन मारिदिने
कस्तो बत्ति बालिएछ रात लामो पारिदिने
कस्तो माया लाइएछ आफ्नै मन मारिदिने
कस्तो बत्ति बालिएछ रात लामो पारिदिने
कस्तो माया लाइएछ
किन पीडा, आँशु पाएँ खुशी दिने साथीबाट
किन पीडा, आँशु पाएँ खुशी दिने साथीबाट
मुटु पनि अलगै भो आज आफ्नो छातीबाट
मुटु पनि अलगै भो आज आफ्नो छातीबाट
कस्तो गल्ति गरिएछ जिन्दगी बिगारिदिने
कस्तो बत्ति बालिएछ रात लामो पारिदिने
कस्तो माया लाइएछ
उनीसँग जाँदा-जाँदै आफ्नै खुट्टा भाँचिदिएँ
उनीसँग जाँदा-जाँदै आफ्नै खुट्टा भाँचिदिएँ
पिए पनि नबिर्सने जलन बोकी बाँचिदिएँ
पिए पनि नबिर्सने जलन बोकी बाँचिदिएँ
कस्तो साथी रोजिएछ बाटोबिच छाडिदिने
कस्तो बत्ती बालिएछ रात लामो पारिदिने
कस्तो माया लाइएछ आफ्नै मन मारिदिने
कस्तो बत्ति बालिएछ रात लामो पारिदिने
कस्तो माया लाइएछ
शब्दः राममान तृषित
सङ्गीतः शिवशङ्कर मानन्धर
स्वरः फत्तेमान राजभण्डारी