कस्तो अजिब मिलन यो
कस्तो अजिब मिलन यो, कस्तो अजिब उदाहरण
आफै उदास हुन्छु, आफ्नै खुशीको कारण
कस्तो अजिब मिलन यो
कस्तो अजिब मिलन यो, कस्तो अजिब उदाहरण
आफै उदास हुन्छु, आफ्नै खुशीको कारण
कस्तो अजिब मिलन यो
माया नलाएको होइन साथी नपाएको होइन
माया नलाएको होइन साथी नपाएको होइन
तर मनको एक्लोपन कहिले हराएको होइन
तर मनको एक्लोपन कहिले हराएको होइन
त्यसै निराश हुन्छु
त्यसै निराश हुन्छु यही जिन्दगीको कारण
आफै उदास हुन्छु, आफ्नै खुशीको कारण
कस्तो अजिब मिलन यो
यहाँ जून छाएरै के तारा रमाएरै कै
यहाँ जून छाएरै के तारा रमाएरै कै
जब प्राप्तको आश छैन रात जग्मगाएरै के
जब प्राप्तको आश छैन रात जग्मगाएरै के
मर्नै हतास हुन्छु
मर्नै हतास हुन्छु यहाँ ढुक्ढुकीको कारण
आफै उदास हुन्छु, आफ्नै खुशीको कारण
कस्तो अजिब मिलन यो
कस्तो अजिब मिलन यो, कस्तो अजिब उदाहरण
आफै उदास हुन्छु, आफ्नै खुशीको कारण
कस्तो अजिब मिलन यो
शब्दः राममान तृषित
संगीतः शिवशंकर मानन्धर
स्वरः रूबी जोशी