कसको आँखा लाग्यो बरै मेरो खुशी माथि
कसको आँखा लाग्यो बरै मेरो खुशी माथि भेटिएन यो संसारमा मन बुझाउने साथी
कसको आँखा लाग्यो बरै मेरो खुशी माथि
आफ्नो बनाउन चाहदाँ खोजिदिए हुन पराई
के गल्ती भयो खै कुन्नी भोग्दैछु व्यर्थमा सजाय
हराउने भो मेरो लागि जिन्दगीमा मति
कसको आँखा लाग्यो बरै मेरो खुशी माथि
विश्वास रहेन कसैको बनि दिए सबै स्वार्थी
मान्छेबीच मान्छेको सम्बन्ध भयो आकाश धर्ती
जिउनु नै भो मेरो लागि कठिनाई कति
कसको आँखा लाग्यो बरै मेरो खुशी माथि भेटिएन यो संसारमा मन बुझाउने साथी
कसको आँखा लाग्यो बरै मेरो खुशी माथि
ला ला ला ला ला ला …….
शब्दः वसन्त ‘बित्यासी’ थापा
संगीतः सचिन सिंह
स्वरः रीमा गुरूङ होडा