कसरी तिमीलाई विश्वास दिलाऊँ
मुटुभरि तिम्रो माया छ भनि
तिम्रो नयनले आँशु खसाल्दा
दुख्न थाल्छ मेरो मुटु भनि
कसरी तिमीलाई
मेरो छाती चिरेर हेर मायालु
त्यहाँ तिम्रो तस्वीर देख्ने छौ
मेरो छाती चिरेर हेर मायालु
त्यहाँ तिम्रो तस्वीर देख्ने छौ
मेरो मुटुको धड्कन सुन तिमी
त्यहाँ तिम्रै गीत भेट्ने छौ
कसरी तिमीलाई विश्वास दिलाऊँ
मुटुभरि तिम्रो माया छ भनि
तिम्रो नयनले आँशु खसाल्दा
दुख्न थाल्छ मेरो मुटु भनि
कसरी तिमीलाई
कतै हुरी बतासले तिमीलाई सताए
पहाड भई हुरी छेकिदिऊँला
कतै हुरी बतासले तिमीलाई सताए
पहाड भई हुरी छेकिदिऊँला
कतै चर्को घामले तिम्लाई रुवाए
बादल भई घाम छेकिदिऊँला
कसरी तिमीलाई विश्वास दिलाऊँ
मुटुभरि तिम्रो माया छ भनि
तिम्रो नयनले आँशु खसाल्दा
दुख्न थाल्छ मेरो मुटु भनि
कसरी तिमीलाई
शब्दः सुभाष चन्द्र ढुङ्गेल
संगीतः प्रकाश गुरूङ
स्वरः शशी गुरूङ