कसरी म भुलेँ, केमा म भुलेँ
कसरी म भुलेँ, केमा म भुलेँ
तिम्रो ओठमा, तिम्रो मुस्कानमा
आँखामा कि, भाकामा
कसरी म भुलेँ, केमा म भुलेँ
पानीभित्र डुबी बस्छ चन्द्रमाको छायाँ
पानीभित्र डुबी बस्छ चन्द्रमाको छायाँ
सपनाभित्र मन भुल्छ मनभित्र माया
तिम्रो रूपमा कि रंगमा, केमा म भुलेँ
कसरी म भुलेँ, केमा म भुलेँ
गहिराइमा सागर झुल्छ सागरमा पानी
गहिराइमा सागर झुल्छ सागरमा पानी
तिमीलाई खोजी बस्छ आँखाका यी नानी
तिम्रो साथले कि बातले, केमा म भुलेँ
कसरी म भुलेँ, केमा म भुलेँ
जूनलाई आकाश प्यारो आकाशलाई धरा
जूनलाई आकाश प्यारो आकाशलाई धरा
जता जता तिमी हुन्छौ उतै हराभरा
तिम्रो प्रीतले कि गीतले केमा म भुलेँ
कसरी म भुलेँ केमा भुलेँ
कसरी म भुलेँ, केमा म भुलेँ
तिम्रो ओठमा, तिम्रो मुस्कानमा
आँखामा कि, भाकामा
कसरी म भुलेँ, केमा म भुलेँ
शब्दः भीम विराग
संगीतः मधु क्षेत्री
स्वरः नारायण गोपाल