कसरी म भुलेँ……….

कसरी म भुलेँ, केमा म भुलेँ
कसरी म भुलेँ, केमा म भुलेँ
तिम्रो ओठमा, तिम्रो मुस्कानमा
आँखामा कि, भाकामा
कसरी म भुलेँ, केमा म भुलेँ

पानीभित्र डुबी बस्छ चन्द्रमाको छायाँ
पानीभित्र डुबी बस्छ चन्द्रमाको छायाँ
सपनाभित्र मन भुल्छ मनभित्र माया
तिम्रो रूपमा कि रंगमा, केमा म भुलेँ
कसरी म भुलेँ, केमा म भुलेँ

गहिराइमा सागर झुल्छ सागरमा पानी
गहिराइमा सागर झुल्छ सागरमा पानी
तिमीलाई खोजी बस्छ आँखाका यी नानी
तिम्रो साथले कि बातले, केमा म भुलेँ
कसरी म भुलेँ, केमा म भुलेँ

जूनलाई आकाश प्यारो आकाशलाई धरा
जूनलाई आकाश प्यारो आकाशलाई धरा
जता जता तिमी हुन्छौ उतै हराभरा
तिम्रो प्रीतले कि गीतले केमा म भुलेँ
कसरी म भुलेँ केमा भुलेँ
कसरी म भुलेँ, केमा म भुलेँ
तिम्रो ओठमा, तिम्रो मुस्कानमा
आँखामा कि, भाकामा
कसरी म भुलेँ, केमा म भुलेँ

शब्दः भीम विराग
संगीतः मधु क्षेत्री
स्वरः नारायण गोपाल

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!